By The Book
बाई द बुक
Category: Books
0(0 Review)
मिडिया हेर्नुस् वा सोसल मिडिया, चिया पसल छिर्नुस् या चौतारी तपाई यत्रतत्र सर्वत्र सुन्नुहुन्छ -"यो देशमा राम्रो केही छैन, यहाँ बसेर काम छैन|" तपाईलाई पनि यस्तै लाग्छ भने यो पुस्तक पढ्नुस -आशाको सञ्चार हुनेछ, आँट भरिनेछ, आत्मविश्वास जाग्नेछ, आफ्नो अस्तित्त्वबोध हुनेछ।
यो पुस्तक आत्मचरितहरुको बाढीमा आएको व्यक्तिगत भँगालो होइन; बुध्द एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्तको सम्यक् सँगालो हो। तीन दशकदेखि सफलतापूर्वक चलिरहेको यस्तो संस्था, जसले प्रत्यक्ष-अप्रत्यक्ष हजारौँलाई रोजगारी दिन्छ, देशलाई अर्बौँ रुपैयाँ कर तिर्छ, सामाजिक उत्तरदायित्त्वमा जहिल्यै अघि सर्छ।
बुद्ध एयर फ्रान्सेली हवाई निर्माचा एटिआरका जहाज़ पूर्ण आयु चलाएर अवकाश दिने विश्वकै पहिलो कम्पनी बनेको छ। हरेक दिन नजिकबाट सगरमाथा नियाल्ने बुध्द एयर सगरमाथा झैँ शिर ठाडो पारेर शुद्ध व्यवसाय गर्छ, जसको एउटै मान्यता अनि मन्त्र - बाई द बुक अर्थात् नियमसम्मत।
Author: Birendra Bahadur Basnet
ISBN: 9789937790536
Fineprint Publication