आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ।
टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ ।
खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।
हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।
आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।
आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।
न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ ।
गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।
टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।
कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।
टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुकाहरुलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।