Search

Khushi by Vijay Kumar

खुसी

Category: Books

0(0 Review)

Rs. 599.00

Rs 625

Quantity : 10 LEFT

Loading...

Description :

ठ्याक्कै परिभाषित गर्न सकिन्न । आत्मकथा, संस्मरण र निबन्धको बीचैबीच यसरी बग्छ, खुसी । मानौं, कुनै पहाडी खोला मैदान हुँदै समुद्रमा विलीन भएको प्रक्रिया हो । संस्मरण भनेको आत्मरतिको पुलिन्दा मात्र होइन भन्ने लेखकले पुस्तकको सुरुआत नै आफ्नो अत्यधिक मदिरापानको लतबाट गरेका छन् । यो पुस्तकमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरू मात्र छैनन् । साधारण ठानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियालाई लेखकले यसरी केलाएका छन्, पढ्नेहरू छक्क पर्न सक्छन् । घरघरमा हुने अभिभावक–सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । कतै पाठक मुस्कुराउनेछन् । चमकदार गद्य र तिक्खर सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चियाउने एउटा आँखीझ्याल पनि हो । यसमा अध्यात्म छुट्ने कुरै भएन । पढेपछि सजिलै बिर्सन नसकिने खालको पुस्तक हो यो । आखिर जीवनमा खुसीको खोज कसलाई पो नहोला र !विजय कुमार बहुचर्चित टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’का प्रस्तोता हुन् । नेपाल साप्ताहिकका संस्थापक सम्पादक रहेका उनी स्तम्भकार पनि हुन् ।

Author: Vijay Kumar
ISBN: 9789937746861

Fineprint Books

Items Detail

  • Package Dimensions:20 x 15 x 3 cm3
  • SKU:N/A
  • Product Weight:500 Gram
  • Is Dangerous? :No

Top Reviews

No reviews found.

Similar Products

Xetto App
Get our mobile app now!
Get App