Elon Musk In Nepali
एलन मस्क
Category:
Books
Rs.
399.00
Rs 425
Quantity :
10 LEFT
Description :
एलन मस्कको हिम्मत र प्रतिभाको कुनै सीमा छैन। आफूसँग भएको पैसाले संसारको गरिबी हट्छ भन्नेहरूलाई आफ्नो सेयर बेचेर त्यसका लागि पैसा दिने चुनौती दिन्छन् उनी। उनको मङ्गल ग्रहमा गएर बस्ने रहर छ। केही छ त्यस्तो जुन एलन मस्कका लागि असम्भव होस् ?
प्रविधिका असम्भवसरह मानिएका हरेक क्षेत्रमा एकछत्र स्थापित छन् मस्क। भन्छन्, पृथ्वी छाडेर मान्छे स्थायी रूपमा मङ्गल ग्रहमा बस्न जान सक्ने नहुन्जेल उनी खुसी हुने छैनन् । रियल लाइफ आइरन म्यान यिनै हुन् भन्दा हुन्छ। सुपरहिरो फिल्म आइरन म्यानका आइरन म्यान उर्फ टोनी स्टार्कको चरित्र एलन मस्कबाटै प्रभावित भएर सिर्जना गरिएको थियो।
चन्द्रमामा पहिलो पर्यटक पुन्याउनेदेखि मङ्गल ग्रहमा मानवबस्ती बसाउनेसम्मका महत्त्वाकाङ्क्षी योजना बोकेका मस्क भविष्यको मान्छेका लागि वर्तमानमा काम गरिरहेका एक सफल स्वप्नद्रष्टा हुन्। उनकै सफलताका पछाडि रहेको साधनाको कथा हो, एलन मस्क अर्थात् सङ्घर्ष र सफलताका जादुगर ... ।
Author: Aupam Pokharel
ISBN: 9789937878043
Language: Nepali
Panch Pokhari Publication