Maharani by Chandra Prakash Baniya
महारानी
Category: Books
0(0 Review)
आजभन्दा साढे तीन शताब्दीपूर्व अर्थात् विक्रमाब्द १७४३ वरपर रहेका बेनीबजार, ढोलठाना र ज्यामरुककोटजस्ता बाईसी-चौबीसी राज्यकालको कथा हो- महारानी।
तत्कालीन पर्वतले विकास गरेको अनि भानुभक्तले रामायण लेख्दा सापट लिएको भाषिकाको मौलिक लवजमा वास्तविक चरित्र बोकेका ऐतिहासिक पात्रमार्फत् भुरे-टाकुरे राज्यहरूको सामाजिक, प्रशासनिक, आर्थिक, न्यायिक र सांस्कृतिक व्यवस्थाको चित्रण गरिएको समाजको रीति-संस्कृतिको कथा पनि हो यो।
तत्कालीन कथित कुलीन र सम्भ्रान्त समाजले नारीलाई निर्दयतापूर्वक कसरी उपयोग गर्थ्यो भन्ने प्रतिनिधि पात्र हुन्- महारानी।
इतिहासको पानामा स्थान नपाएको ऐतिहासिक कथा अनि ऐतिहासिक घटनाहरूमा छलछाम गरी कसरी किंवदन्ती बनाइन्छन् भन्ने सत्यलाई उधिन्ने कोसिस पनि हो- महारानी।
Author: Chandra Prakash Baniya
ISBN: 9789937753623
Genre: Novel
Book Hill