Nilo Prem by Purushottam Bajgain
नीलाे प्रेम
Category: Books
0(0 Review)
'नीलो' प्रेम नेपाली साहित्यमा बहुअर्थी रुपमा आएको छ- कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो ।
तर, के प्रेमले जीवनलाईं सधैँ खुलेको नीलो आकाशकी उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीभँ नीलान्य डामहरू पनि बसाइदिन्छ ?
साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफनै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो ।
कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगे हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।
Author: Purushottam Bajgain
ISBN: 9789937980944
Genre: Fiction
INDIGO INK